कर्णाली विमर्श: कर्णालीका ४०% विद्यालयमा शिक्षक दरबन्दी शून्य

६ लाख ६७ हजार ७ सय ४८ विद्यार्थीका लागि ३ हजार ३४ सामुदायिक विद्यालय । त्यसमा पनि १२ सय अर्थात् ४० प्रतिशत विद्यालयमा सरकारी शिक्षकको एउटा पनि दरबन्दी छैन । यो नियति हो कर्णालीको । यी विद्यालय राहत, स्थानीय र निजी स्रोतमा चलेका छन्, तैपनि सरकारले कर्णालीसहित सिंगो देशलाई साक्षर, शिक्षित र समृद्ध बनाउने नीति तथा कार्यक्रम दोहोर्‍याउँदै आएको छ ।