समृद्धि फाइनान्समा अनलाइनबाटै खाता खोल्ने सुविधा

काठमाडौं (अस) । समृद्धि फाइनान्सले २०७८ साउन १ गतेदेखि नेपालको जुनसुकै ठाउँबाट अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ । कोरोना संक्रमित ग्राहकका लागि कोभिडको उपचारमा सहयोग पु¥याउन कोभिड रिलिफ लोन प्रदान गर्ने व्यवस्था गरेको छ । ग्राहकले अनलाइन एकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्नेछन् । त्यस्तै, संस्थाका नयाँ तथा पुराना ग्राहकको उपचार तथा हस्पिटलको बिल भुक्तानी गर्न ‘गाह्रोसाह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स’ नारासहित ५० हजारदेखि ५ लाखसम्मको कोभिड रिलिफ लोन उपलब्ध गराउनेछ ।कम्पनीले हाल विभिन्न स्थानमा गरी हाल पाँच शाखामार्फत कारोबार गर्दै आएको छ । आगामी दिनमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले बताएको छ ।