काठमाडौं : मोरङको लेटाङ नगरपालिकामा घटेको घटनाको विरोधमा नेत्रविक्रम चन्द विप्लवको नेकपा समर्थित अखिल क्रान्तिकारीले आज माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा क्रान्तिकारीले पीडित बालिका र मृत्यु भएकी महिला प्रहरीको न्याय र दोषीलाई कारबाहीको माग गरेको छ।लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शुरु भएको विवादले आइतबार चर्को रुप लिएको थियो। विवाद बढ्दै गएपछि प्रहरी र स्था