मुख्यमन्त्री गुरुङद्वारा अस्पताल र प्रयोगशाला भवनको शिलान्यास

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साेमबार पोखरा–३० मोहोरीयास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन र प्रयोगशालाको शिलान्यास गरेका छन्।सङ्घ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १४ करोड ३० लाख लागतमा तीन तलासहितको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन र गण्डकी प्रदेश सरकारको ५३ करोड ७० लाख रुपैयामा अत्याधुनिक सुविधा सहितको पाँच तलाको अस्पताल भवन निर्माण गर्न लागिएको हो।    विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस सङक्रमणले स्वास्थ्य क्षेत्रमा ठ

सम्बन्धित सामग्री

कृषि तथा वन विज्ञान विश्वविद्यालयको लागि प्रयोगशाला शिलान्यास

चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलान्यास गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बुधबार प्रयोगशालाको शिलान्यास गरेका हुन् । सो अवसरमा उनले उच्चस्तरको (हाइटेक लेभल) प्रयोगशाला निर्माण हुनु अध्ययन, अनुसन्धानका लागि मात्र नभई कोभिड–१९ जस्तै महामारीका लागि गरिएको पूर्वतयारी भएको बताए । काठमाडौँ […]

जनकपुरधाममा २ सय शय्याको क्यान्सर अस्पताल बन्ने

धनुषा । जनकपुरधाममा विनयतारा फाउण्डेशन क्यान्सर सेन्टर (बीटीएफसीसी)ले २ सय शत्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ । जनकपुरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका)सँगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बीटीएफसीसी)ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेशनका अध्यक्ष डा. विनय शाहले जानकारी दिए । डा. शाहले नयाँ वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सो अस्पतालको शिलान्यास गर्ने उनले बताए । ‘यस अस्पतालको निर्माण गरिने भवन अमेरिकाको सान फ्रान्सिस्कोस्थित फोङ एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको छ । उनीहरूको नवीनतम डिजाइन अस्पतालको कार्यक्षमतालाई प्रभावकारी बनाउने खालको छ,’ डा. शाहले भने, ‘पहिलो चरणमा यो अस्पताल एक लाख वर्ग फिटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० शय्याको भवन निर्माण गरिसक्नेछौं ।’ अस्पताल भवन निर्माणका लागि स्थानीय समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेको जानकारी डा. शाहले दिए । बीटीएफसीसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । हाल जनकपुरधाममा बीटीएफसीसीको २५ शøयाको अस्पताल सञ्चालनमा रहेको छ । जनकपुरधामको कपिलेश्वर सडकमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवामा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपत्कालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आईसीयू र एनेस्थेसियोलोजी समावेश छन् । रासस