“घण्टी” को आवाजले फेरि बिउँझन्छ काठमाण्डौ ?

काठमाण्डाैवासी झिसेमिसे बिहानै मन्दिरहरुमा “घण्टी” को आवाजमा बिउँझने र बेलुकी सूर्यास्त लगत्तै घरमै मूलढोका बन्द गरेर बस्ने गर्दा यहाँका सहर–बजार सुनसान हुने गरेको कथा राणाकालीन विवरणहरुमा पढ्न पाइन्छ । अहिले पनि बिहानै मन्दिरहरुमा बजाइने घण्टहरुले काठमाण्डाैवासीको दिनचर्या प्रारम्भ गरिरहेका छन् । तर बेलुकीको वातावरणमा धेरै फरकपना आइसकेको छ । यतिबेला देशैभरि सहर बजारमा दिउँसै चुनावी घण्टी बजाउनेहरुले राजनीतिक साथै चिया गफका वातावरण तताइरहेका छन् । गएको चुनावअघि निर्वाचन आयोगले समेत &ldqu...