चौदण्डीगढीविरुद्ध एपीएफको २२ गोल, तस्बिरमा दुई टीमबीचको प्रतिस्पर्धा

काठमाडौं : महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न खेलमा चौदण्डगढीमाथि एपीएफले फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले २२ गोलको फराकिलो अन्तरले जित निकालेको हो। एपीएफले पहिलो हाफमा १२ गोल र दोस्रो हाफमा १० गोल गरेको हो। एपीएफको जितमा साबित्रा भण्डारीले सर्वाधिक एक दर्जन गोल गरिन्। त्यस्तै,…

सम्बन्धित सामग्री

अन्तिम दुई खेल अगावै एपिएफलाई महिला राष्ट्रिय लिग फुटबलको उपाधि

विभागीय टोली एपिएफले महिला राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएपछि एपिएफको उपाधि पक्का...

नयाँ पत्रिका

शर्मिला र रश्मीको ह्याट्रिकमा आर्मीको फराकिलो जित

काठमाडौं : महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो अन्तरको जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले १०-० गोल अन्तरको फराकिलो जित निकालेको हो। आर्मीको जितमा शर्मिला थापा र रश्मी घिसिङले ह्याट्रिक पूरा गर्दै ४/४ गोल गरे। त्यस्तै, बिमला चौधरी र सपना…

पहिलो पोस्ट

महिला लिग: आर्मीलाई चन्द्रपुरको चुनौती

काठमाडौं: महिला राष्ट्रिय लिग अन्तर्गत आज हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धामा उत्रँदै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा आर्मी जित निकाल्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा रहने छ। जारी प्रतियोगितामा ३ खेलबाट ४ अंक जोडेको आर्मी तालिकाको पाँचौं स्थानमा छ। त्यस्तै चन्द्रपुर तीन अंक जोड्दै तालिकाको…

पहिलो पोस्ट

आर्मीमाथि जित निकाल्दै तालिकामा एपीएफको ४ अंकको अग्रता

काठमाडौं : सशस्त्र प्रहरीको एपीएफले आज महिला राष्ट्रिय लिग अन्तर्गतको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले आर्मी विरुद्ध २-० गोल अन्तरको जित निकालेको हो। एपीएफको जितमा अन्जली योञ्जन र सरु लिम्बुले गोल गरे। सावित्रा भण्डारीको क्रसमा खेलको २७ औं मिनेटमा योञ्जनले एपीएफलाई अग्रता…

पहिलो पोस्ट

महिला राष्ट्रिय लिग : एपीएफले आर्मीलाई हरायो

१३ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत विभागीय डर्बी भिडन्तमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले आर्मीलाई २-० ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो । एपीएफको लागि अञ्जली योञ्जन र सरु लिम्बुले एक एक गोल गरिन् । दुवै गोलका लागि […]

अनलाइनखबर

आर्मी र एपिएफको ठूलो अन्तरको जित

विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफले महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा ठूलो अन्तरको जित हात पारेका छन् ।  आर्मीले स्याङ्जाको वालिङ नगरपालिका र एपिएफले विराटनगर महानगरपालिकालाई समान ७–०...

नयाँ पत्रिका

महिला फुटबलमा वालिङ र विराटनगरबीचको खेल बराबरी

८ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङ र विराटनगरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको दोस्रो मिनेटमै वालिङले अग्रता लिएको थियो । हिमा रावतको कर्नरमा सम्झना शर्माले हेड गोल गर्दै वालिङलाई अग्रता दिलाएकी […]

अनलाइनखबर

बराबरीमा रोकिए बिराटनगर र वालिङ

काठमाडौं: महिला राष्ट्रिय लिग अन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बिराटनगर महानगरपालिका र बालिङ नगरपालिका बराबरीमा रोकिएको छ। आज भएको दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ १-१ को बराबरीमा रोकिएका हुन्। खेलको दोस्रो मिनेटमै वालिङले सम्झना शर्माको गोलमा अग्रता बनाएको थियो। हिमा रावतले कर्नरबाट प्रहार गरेको बललाई हेडिङमार्फत गोल…

पहिलो पोस्ट

महिला राष्ट्रिय लिगमा आर्मी र पुलिसबीचको खेल बराबरी

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिगकाे उद्घाटन खेलमा दुई विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिसले बराबरी खेलेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाकाे आयाेजनामा भएकाे लिगमा बुधबार दशरथ रंगशालामा भएकाे खेलमा आर्मी र पुलिसले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टाेलीले केही अवसर पाएपनि गाेल गर्न सकेनन् । […]

अनलाइनखबर

महिला राष्ट्रिय लिग आजदेखि, दशरथ रंगशालामा आर्मी र पुलिस खेल्दै

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय […]

अनलाइनखबर

महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि

काठमाडौं । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको राईले बताउनुभयो । कोरोनाको जोखिमका कारण लिग लामो समयसम्म सञ्चालन गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो । आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त लिगमा कूल ४२ खेल खेलाइनेछ । उक्त लिगमा सात टोलीको सहभागिता रहने प्रवक्ता राईले जानकारी दिनुभयो । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चार नगरस्तरीय टोलीले लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । अर्को वर्ष महिला लिग सञ्चालन गर्न समय अपुग हुने भएकाले यस वर्षको लिगको समय घटाइएको हो । महिला लिगको विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । उक्त लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ । एन्फाले स्थगित भएको विसं २०७६ को शहीद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । उक्त लिग कोरोनाका कारण गत वर्ष चैतमा स्थगित भएको थियो । सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई रु नौ लाख सहयोग गर्ने घोषणा गरेको छ । यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले रु सात लाख आर्थिक सहयोग गर्दै आएको थियो । यस्तै एन्फाले विसं २०७६ मा कोरोनाका कारण स्थगित गरिएको शहीद स्मारक बी डिभिजन लिग पनि आगामी फागुन ११ गतेदेखि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यी सबै लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ ।(रासस)

Yug Darshan