अब आफ्नै क्वान्टम कम्प्युटर निर्माण गर्न सकिने

अब गूगलको पछिल्लो साइम्युलेटर प्रयोग गरेर आफ्नै क्वान्टम कम्प्यूटर निर्माण गर्न सकिने भएको छ । हिजो मनाइएको विश्व क्वान्टम डेको अवसरमा गूगलले क्युबिट गेम सार्वजनिक गरेको छ, जुन एक क्वान्टम कम्प्यूटर बनाउने सजिलो र रमाइलो तरीका हो । यो गेम डबलस्पीक गेमसँगको सहकार्यमा निर्माण गरिएको हो । क्युबिट भनेको क्वान्टम कम्प्यूटरको आधारशीला हो र त्यसैमा आधारित भएर गेमको निर्माण...