गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखसँग भेट

काठमाडौं । गण्डकी प्रदेश काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले शुक्रबार बिहान प्रदेश प्रमुख अमिक शेरचनसँग भेट गरेका छन् ।प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भोलिपल्टै प्रस्तावित मुख्यमन्त्री नेपालीले प्रदेश प्रमुखसँग भेट गरेका हुन् ।स्रोतका अनुसार प्रदेशसभाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।बिहीबार काँग्रेससहितका विपक्षी तीन दलले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए ।

सम्बन्धित सामग्री

दीपक मनाङेले खुमलटार पुगेर भेटे प्रचण्ड : 'राजनीतिक घटनाक्रमबारे बृहत् छलफल'

काठमाडौं: गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। प्रचण्ड निवास खुमलटारमा भेट भएको मनाङेका सहयोगी रोहित गुरुङले जानकारी दिए। समसामयिक राजनीतिबारे कुराकानी भएको मनाङेले फेसबुकमार्फत् जानकारी दिएका  छन्।  'नेकपा माओवादी केन्द्र​का अध्यक्ष कम​रेड प्र​च​ण्डज्यूसँग​ प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल,' फोटो पोस्ट गर्दै मनाङेका…

पहिलो पोस्ट

दीपक मनाङेले भेटे प्रचण्ड र बाबुराम

६ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् । शनिबार खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेट गरेका मनाङेले आइतबार भट्टराईनिवास पुगेका हुन् । अनलाइनखबरसँगको कुराकानीमा मनाङेले आफूले प्रचण्ड र बाबुराम भट्टराईसँग भेट गरेको पुष्टि […]

अनलाइनखबर

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

काठमाडौँ । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै राजीनामा दिएका हुन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि शनिवार काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् । मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुन्छन् ।

Prashasan

गण्डकी प्रदेशमा थप १९ जना संक्रमितको मृत्‍यु

११ जेठ, काठमाडौं । गण्डकी प्रदेशका विभिन्‍न अस्पतालमा उपचाररत थप १९ जनाको मृत्‍यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार मृतकमध्‍ये ८ जना कास्कीका, २/२ जना तनहुँ, स्याङजाका, १/१ जना रूपन्देही, लमजुङ, मुस्ताङ, गोरखा, नवलपरासी, बागलुङ र पर्वतका छन् । पोखरा महानगरपालिका-१३ कास्कीका ७३ वर्षीय […]

अनलाइनखबर

गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तारको तयारी

५ जेठ काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत वैशाख २९ गते सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् । ‘आज ३ जनासम्म मन्त्री बन्न सक्ने र बाँकी विश्वासको मत लिएपछि नियुक्त गर्ने तयारी […]

अनलाइनखबर

गण्डकी प्रदेशमा चार जना संक्रमितको मृत्यु

२४ वैशाख, काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पर्वत, तनहुँ र कास्कीमा गरी चार जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पर्वतका दुई, तनहुँ र कास्कीका एक/एक जना गरी कुल चार जनाको मृत्यु भएको हो । उनका अनुसार पर्वतको जलजला गाउँपालिका–३ का […]

अनलाइनखबर

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

काठमाडौं। गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त भएका छन। आज राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी त्रिपाठीलाई पदमुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार राष्ट्रपति भण्डारीलाई भेट गरेसँगै पदमुक्त गरेको बताइएको छ।

Dekhapadhi

प्रधानमन्त्रीलाई भेटेर फर्किए मुख्यमन्त्री गुरुङ

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पोखरा फर्किएका छन् । शुक्रबार दिउँसो तीन बजे प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौँ आएका मुख्यमन्त्री गुरुङ शनिबार दुई बजे पोखरा फर्किएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले काठमाडौँ बोलाएपछि मुख्यमन्त्री गुरुङ काठमाडौँ आएका थिए । गण्डकी प्रदेश सरकारबारे प्रधानमन्त्री ओलीसँग कुराकानी गरेर मुख्यमन्त्री गुरुङ […]

Prashasan

कता हराए जनमोर्चाका सांसद ? प्रदेश अध्यक्ष भन्छन् – गडबडी देखियो !

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ । मतदान गर्ने बेलामा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएपछि बैठक नै रोकेर हराएका सांसदको खोजी थालिएको छ ।मतदान गर्ने बेलासम्म सांसद सम्पर्कमा नआएपछि गण्डकी प्रदेशको बैठकमा हल्लीखल्ली मच्चिएको थियो । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले आफ्नो पार्टीका सांसद सम्पर्कविहीन रहेको बताए ।उनले रातोपाटीसँग भने, ‘केही गडबडी देखियो । फेसबुकमा बिरामी भएको लेखेर सांसद खिमविक्रम शाही सम्पर्कविहीन भ

Ratopati

नयाँ सरकार गठनबारे काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । गण्डकी प्रदेश काँग्रेस संसदीय दलको बैठक बस्दै छ । आगामी रणनीतिबारे शनिबार दिउँसो काँग्रेसले आन्तरिक छलफल गर्न लागेको काँग्रेसका गण्डकी प्रदेश सांसद विष्णु लामिछानेले रातोपाटीलाई जानकारी दिए ।नयाँ सरकार निर्माण लागि आइतबारलाई गण्डकी प्रदेशसभाको विशेष अधिवेशनका आह्वान गरिएको छ । यस विषयमा छलफल गर्न शनिबार काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आन्तरिक गर्दै छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वमा स

Ratopati

गण्डकी प्रदेश सरकार : माओवादीका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं : गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएको मुख्‍यमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको हो।स्रोतले भन्यो,' राजीनामा माथिको निर्देशन मात्र हो। उहाँहरूको व्यक्तिगत कुरा हैन।' उनीहरूले बुधबार बिहान प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।गण्डकी प्रदेश सरकारमा माओवादी क

थाहा खबर