राजीनामा नदिने प्रधानन्यायाधीश राणाको अडान कायमै

काठमाडौँ – दबाबका भरमा राजीनामा नदिने अडान राख्दै आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले त्यसलाई दोहोर्‍याएका छन्। मंगलबार कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश राणाले राजीनामा नदिने बरु नियमित इजलास चलाउने तर्फ आफ्नो ध्यान केन्द्रित भएको बताएका हुन्। राणाले ज्ञापनपत्र बुझाउन गएका अभियानका सदस्यसँग भनेका छन्, ‘म संविधान बमोजिम नियुक्त भएकाले संविधान […]

सम्बन्धित सामग्री

चोलेन्द्रको अडान कायमै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू असंवैधानिक दवावमा झुकेर राजीनामा नदिने बताएका छन् । कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै राणाले राजीनामा नदिने अडान दोहार्याएका हुन् ।  उनले आफू संवैधानिक प्रक्रियाबाट आएकाले संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर अदालत सञ्चालन गर्ने बताएका छन् । राजधानी दैनिकमा खबर छ ।

पूर्वन्यायाधीश पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न ‘फुल कोर्ट’को बैठक

सर्वोच्च अदालतको पूर्ण इजलास ‘फुल कोर्ट’को बैठक सकिएको छ । पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधनप्रति बैठकले शोक प्रस्ताव पारित गरेको छ । सर्वोच्चका पूर्व न्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो । यसअघि सर्वोच्च अदालतका न्यायाधीशको बैठक बसेको थियो । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । फुल कोर्ट बैठक बहिस्कार गर्ने घोषणा गरेका न्यायाधीशहरू शोक प्रस्ताव पारित गर्न बसेको बैठकमा भने सहभागी भएका हुन् ।.groupT

सर्वोच्च अदालतको ‘फुल कोर्ट’को बैठक सकियो

सर्वोच्च अदालतको पूर्ण इजलास ‘फुल कोर्ट’को बैठक सकिएको छ । पूर्व न्यायाधीश शारदाप्रसाद पाण्डितको निधन भएपछि शोक प्रस्ताव पारित गर्ने बैठक बसेको थियो । सर्वोच्चका पूर्व न्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो । यसअघि सर्वोच्च आदालतका न्यायाधीशको बैठक बसेको थियो । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । फुल कोर्ट बैठक बहिस्कार गर्ने घोषणा गरेका न्यायाधीशहरूले शोक प्रस्ताव पारित बसेको बैठकमा भने सहभागी भएका थिए ।

सर्वोच्चमा आज पनि भएन सुनुवाइ, राणाले राजीनामा दिनुपर्ने अडान

काठमाडौँ-  सर्वोच्च अदालतका १५ न्यायाधीशले प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनै पर्ने अडान राखेका छन् । मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहीक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बताएपछि फेरि आन्तरिक छलफल गरेका न्यायाधीशरूले राणाले राजीनामा दिनै पर्ने अडान कायमै राखेका हुन् । प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेकाले उनले राजीनामा नदिइ न्यायपालिका सञ्चालन गर्न सम्भव नरहेको […]