वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायलसहित ती महिलालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिकै रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना महिलाको […]
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यु सिस्टम अर्थात् डीआरएस प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंगलबार भिडियो सन्देशमार्फत नेपालमा पहिलो पटक यो प्रविधि प्रयोग गर्न लागिएको जानकारी दिएका हुन्। यससँगै प्रतियोगितामा खेलाडीले अम्पायरका निश्चित निर्णय पुनः जाँच गर्न अनुरोध गर्ने अवसर पाउनेछन्। एनपिएलमा डीआरएस ल्याउने तयारीबारे […]
पेरिस। फ्रान्समा बढ्दो सामाजिक असन्तुष्टि, राजनीतिक ध्रुवीकरण र हिंसात्मक प्रदर्शनले आगामी राष्ट्रपतीय निर्वाचनको वातावरणलाई थप अनिश्चित बनाएको छ। जलवायु सङ्कट, इन्धनको मूल्यवृद्धि र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण चिन्तित नागरिक, ‘यल्लो भेस्ट’ आन्दोलनका सदस्य तथा विद्यार्थीहरू प्रदर्शनमा सहभागी भएका छन्। प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठानमा लुटपाट, सरकारी कार्यालयमा तोडफोड र आगजनीका घटना भएका छन्। राष्ट्रपति इमानुएल म्याक्रोंको कार्यकालमा […]
सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भीड लागेको हो । मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार यहाँ मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ […]
नैरोबी । अनुयायीहरूलाई येशूलाई भेट्न भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन्। सन् २०२३ मा उनका अनुयायी बस्ने क्षेत्रमा ४०० भन्दा बढी शव फेला परेका थिए । न्यायाधीश डायना काभेद्जाले गुड न्यूज इन्टरनेसनल चर्चका नेता म्याकेन्जीले अनुयायीहरूलाई मृत्युसम्म उपवास बस्न बाध्य पार्ने योजनाबद्ध प्रणाली […]