किसानका नेता हुन खेतबारी हुनुपर्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले किसान नेता हुनका लागि खेतबारी हुनुपर्ने बताउनुभएको छ । किसान नेपाल महासङ्घ दोस्रो राष्ट्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले किसान नेता हुनका लागि परिचयपत्र नभएर खेतबारी हुनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री किसान नेताले उत्पादनको लक्ष्य राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले किसान नेताले किसानको जीवनमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । किसान …

सम्बन्धित सामग्री

बाँदर आतंक रोक्न अनुकूलन सिद्धान्त

बाँदर मार्नका लागि कानूनी अवरोध भएको भन्दै स्थानीयहरूले कानून सुधारको माग गरेका छन् । नेपालभरि नै अहिले बाँदर आतंकका कारण किसानहरू मर्कामा परेका छन् । फसल जति बाँदरले खाइदिने हुनाले जमीन बाँझो राख्ने प्रवृत्तिसमेत देखापरेको छ । त्यसैले बाँदर नियन्त्रणका लागि बाँदर निर्यात गर्नेदेखि बाँदर धपाउन कर्मचारी राख्नेसम्मका कुरा आएका छन् । तर, यी कुनै उपायले काम गर्ने देखिँदैन । बाँदर नियन्त्रणका बारेमा संघीय संसद्देखि स्थानीय तहसम्म कुरा उठेको छ । यसको नियन्त्रणको कुरासँगै जोडिएर आउने कुरा हो, कसरी अहिले बाँदर आतंक बढ्यो त ? यसमा बाँदर विज्ञका अध्ययनले देखाउने विषय विशेष होला तर सामान्य अनुभवका आधारमा हेर्दा भने नेपालको बस्ती र खेतीपातीमा आएको परिवर्तन नै बाँदर आतंकको कारण हो । बाँदर वनजंगलमा नै रमाउने जनावर हो । विगतमा वनमा विभिन्न किसिमका फलफूलका रूख हुन्थे । वरलगायत फल लाग्ने रूख यत्रतत्र पाइन्थे । अर्थात् बाँदरलाई आहारको खोजी गर्न वनजंगल नै पर्याप्त थियो ।  तर, अहिले गाउँबस्ती खाली हुन छाडेसँगै धेरै खेतबारी जंगलमा परिणत हुन थालेको छ । यस्तो ठाउँमा फल लाग्ने बोट छैनन् । त्यस्तै गाउँबेँशी सबैतिर खेतीपाती हुन्थ्यो । ती ठाउँमा फाट्टफुट्ट बाँदर आउँथे । तिनलाई त्यहीँका आहाराले पुग्थ्यो । तर, अहिले यसरी खेती हुन छाडेको छ । कि त गाउँमा बस्ती बाक्लिएको छ, कि त बस्ती बेंशीतिर बाक्लिएको छ । यस्तोमा बाँदरले आहारा खोजीका लागि जहाँ बस्ती छ त्यहाँ जानु स्वाभाविक हो । त्यसैले बाँदर आतंक कम गर्ने हो भने पारिस्थितिक प्रणाली जोगाउन र त्यसैअनुसार अनुकूलन हुन आवश्यक देखिन्छ ।  बाघचितुवा भएका ठाउँमा बाँदर बस्दैन भन्ने मानिन्छ । जंगलमा बाघचितुवा पर्याप्त हुन त्यसको आहारा पनि हुन आवश्यक छ । अर्थात् पारिस्थितिक प्रणालीअनुसार हरेकको आहारा वनजंगलमा हुनु आवश्यक छ । अहिले जेजस्तो वनस्पति छन्, जीवजन्तु छन् तिनको सहअस्तित्व हुनुपर्छ । अर्थात् सबैले आआफ्नो आहारा पाउनुपर्छ । प्रकृतिको अनुकूलन हुन सकेमा यो समस्या समाधान हुन सक्छ । त्यसैले अहिले बाँदर नियन्त्रणका लागि जेजस्ता कुरा चर्चा भएका छन् तिनले दिगो समाधान दिँदैन । बाँदरलाई समाप्त पार्ने भन्ने हुँदैन । त्यसैले बाँदरसँगै अनुकूलन भएर मानिसको जीवनशैली अघि बढ्नुपर्छ । वनजंगलमा फल लाग्ने वनस्पतिको संख्या बढाउन सकियो भने बस्तीमा बाँदर आउने कारणै रहँदैन । यसो गर्न केही समय लाग्छ । तर, चाँडै फल लाग्ने वनस्पतिहरू वनजंगलमा हुर्काउन सकियो भने बाँदरलाई त्यहीँ रोक्न सकिन्छ । त्यसैले बाँदर मार्ने, धपाउने वा अन्य विकल्पका पछि लाग्नुभन्दा बाँदर बढ्नुको कारण पत्ता लगाएर त्यहीँबाट समाधान निकाल्नु बुद्धिमानी हुनेछ । यसमा बाँदरविज्ञको सल्लाहसमेत लिन सकिन्छ ।

बालकथा : हानथाप

आपसमा सद्भाव, सहयोग र सहकार्य भए जस्तोेसुकै समस्या पनि समाधान गर्न सकिन्छ, होइन मै ठूलो, मै जान्ने, मै सुन्ने, मैले भनेकै हुनुपर्छ र सर्वप्रथम मैले नै पाउनुपर्छ भन्न थालियो भने भुइँ न भाँडाको हुन पुगिन्छ

आफ्नै घरका केही कोठाबाटै चलाउन सकिन्छ होमस्टे

काठमाडौं । देशदेशान्तर घुम्ने विदेशी वा स्वदेशी पर्यटकसँग गाँसिएको पर्यटन व्यवसाय गर्न ठूलो धनराशि लगानी गरेर ट्राभल, ट्रेकिङ एजेन्सी वा ठूला होटलको मालिक हुनैपर्छ भन्ने छैन । पर्यटकीय आकर्षण नजिकैको गाउँ वा पर्यटक घुम्ने सहर–बजारमा आफ्नो निजी निवास छ र केही कोठा वा फ्ल्याट भाडामा दिन उपलब्ध छन् भने त्यसैमा पर्यटकका लागि घरबास (होमस्टे) व्यवस्था गरेर पर्यटन व्यवसायमा पहिलो पाइला सुरु गर्न सकिन्छ । नेपाल पर्यटन बोर्ड (एनटीबी), ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ–नेपाल) आदि निकाय र संस्थाले ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीयको आर्थिक सशक्तीकरण गर्न घरबास व्यवसायका लागि सहरलाई भन्दा गाउँलाई प्राथमिकतामा राखे पनि राजधानी काठमाडौंलगायत सहरी क्षेत्रमै पनि घरबास व्यवसाय गरी आयआर्जन गर्ने व्यवसायी उल्लेख्य संख्यामा पाइन्छन् । पर्यटकको रूपमा घुम्ने क्रममा पर्यटकीय स्तरका सामान्य पाहुनाघर (गेस्टहाउसदेखि) पाँचतारे स्तरका महँगा होटलमा बस्ने परम्परागत चलन भए पनि पछिल्लो समय आफू घुम्न जाने स्थानीयको घरैमा बास बस्ने चलनलाई रुचाउने एकाथरी पर्यटक दिनानुदिन बढ्दो छन् । आफू घुम्ने गन्तव्यमा स्थानीयको घरमै बस्ने र उनीहरूकै भान्सामा पाकेको खानपिन गर्नाले खर्च पनि सस्तो र स्थानीय चालचलन र खाना संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइने ती पर्यटकको बुझाइ हुने गर्छ । नेपालका सबैजसो पर्यटकीय स्थलमा घरबास व्यवसाय फैलिइसकेको छ । लमजुङको घलेगाउँ, धनकुटाको नाम्जेजस्ता ठाउँको घरबासले अन्तर्राष्ट्रिय सम्मान तथा चर्चासमेत पाएको विभिन्न सञ्चारमाध्यममा सुने/पढिसकेका छौं । कोभिड महामारीपूर्व सन् २०१९ को अन्तसम्मको पर्यटन मन्त्रालय, पर्यटन विभागले प्रकाशित गरेको तथ्यांकले देशभर १३३१ घरपरिवार सामूहिक वा एकल किसिमले घरबास व्यवसायमा संलग्न छन् । यिनको एकै पटक पर्यटक धान्न सक्ने क्षमता करिब ५००० बेडको रहेको छ । यसबाट यस क्षेत्रमा आयआर्जन र पर्यटकसँग अन्तरक्रिया गर्दै व्यवसायमा छलाङ मार्ने सम्भावना रहेको आकलन गर्न सकिन्छ । घरबास व्यवसाय सुरु गर्न ग्रामीण क्षेत्रमा हो भने छरछिमेक मिलेर समूह बनाई सामूहिक रूपमै दर्ता भएर पर्यटन विभागअन्तर्गत होमस्टे शाखामा आबद्ध भई विधिवत व्यवसाय सञ्चालन गर्न सकिन्छ । नगर क्षेत्रमा भने सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गरी सुरुआत गर्न सकिन्छ । घरबास सञ्चालन गर्न सम्बन्धित घरमा कम्तीमा दुई वटा कोठा भए उपयुक्त हुन्छ । घरलाई सकेसम्म जे–जस्तो छ, त्यस्तैमा परम्परागत पहिचानलाई जोगाएरै सरसफाइमा विशेष ध्यान दिई कोठाभित्रै बाथरुमको व्यवस्था गरी वा एकभन्दा बढी कोठाका लागि एउटै बाथरुमको व्यवस्था गरे पनि हुन्छ । आफूसँग जे–जस्ता सुविधा छन्, तिनलाई किटान गरेर आफ्नो व्यवसाय दर्ता भएको नाममा सकेसम्म मिल्दो वेबसाइट बनाई सोही साइट वा फेसबुक, इन्स्टाग्राम तथा युट्युबजस्ता सामाजिक सञ्जालमार्फत प्रचार गरेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ । घरबासमा उपलब्ध कोठा र सेवा–सुविधा उपभोग गर्न बुकिङका लागि आफ्नै वेबसाइटमा वा एयर बीएन्डबी, बुकिङ डटकम आदि ग्लोबल वेबसाइट पोर्टलसँग आबद्ध भई संसारको जुनसुकै ठाउँबाट बुकिङ गर्न सकिने सजिलो र सुरक्षित माध्यम अपनाउन सकिन्छ । घरबास व्यवसायमा पर्यटकका लागि बासको व्यवस्थाका साथै खानपिनको सुविधा महत्वपूर्ण हुन्छ । खानपिनका लागि आधुनिक पर्यटकीय रेस्टुराँजस्तै खानपिन हुनुपर्छ भन्ने छैन । घरबासमा बस्ने पर्यटक सम्बन्धित स्थानमा जे उपलब्ध छन्, त्यसैलाई स्वस्थ र सफा ढंगले तयार पारी खाने सोख भएका नै हुन्छन् । त्यसैले आफ्नै खेतबारी वा बगैंचामा उब्जिएका सागसब्जी, अन्न, आदिको प्रयोग गर्न सकिन्छ । अथवा, स्थानीय पसल वा बजारमा जे पाइन्छ, त्यसैबाटै खानपिन तयार गर्न सकिन्छ । घरमा नियमित खानाको साथमा चिया, कफी, स्थानीय पेय आदिको पनि व्यापार गर्न सकिन्छ । आफ्ना घरमा घरबासका लागि आउने पर्यटकलाई सकेसम्म पाहुनामैत्री वातावरण दिनु उचित हुन्छ । यसो गर्नाले आफूले पनि उनीहरूबाट धेरै कुरा सिक्न सक्ने र पाहुनाको बसाइँ अझ बढी स्मरणीय हुन जान्छ । घरमा इन्टरनेट सुविधा हुनुपर्दछ भने चाखलाग्दा विषयका किताब, पत्रपत्रिका, फोटो, नजिकका पर्यटकीय स्थलबारे जानकारी आदि भए थप आकर्षण हुन जान्छ । लामो समय बस्ने पाहुनाको चाखअनुसार बगंैचा, घरको सामान्य काम, खेतबारी आदिमा पनि उनीहरूलाई संलग्न गराउन सकिन्छ । घरबासलाई व्यावसायिक र अझ व्यवस्थित रूपमा कसरी अगाडि बढाउने भन्नेबारे पर्यटन बोर्ड, पर्यटन विभाग, ग्रामीण पर्यटन प्रवर्द्धन मञ्चजस्ता निकाय र संस्थामा सम्पर्क गरी जानकारी, सहयोग र तालिमसमेत लिन सकिन्छ ।

मदनसँगका १४ वर्ष १० महिना

यकिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन नै लागि सकेको हुनुपर्छ । मध्य वर्षात्मा हराभरा बनेका खेतबारी र

मदनको २५ औं स्मृति दिवश: ईश्वर पोखरेलको नजरमा यस्ता थिए भण्डारी - Naya Patrika

ठ्याक्कै दिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन नै लागिसकेको हुनुपर्छ । मध्यवर्षात्मा हराभरा बनेका खेतबारी र वन–बुट्यानले गर्मी यामको खपिनसक्नु उष्णता थियो । म भने...पूरा पढ्नुहोस् »