सोपान फर्मास्युटिकल्सले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएको छ ।हाल कम्पनीको जारी पुँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पुँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने कार्यका लागि एनएमबि क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो निष्काशन गर्ने सम्बन्धी सम्झौतापत्रमा फर्मास्युटिकल्सका […]
काठमाडौँ – सोपान मल्टिपल कम्पनीको लगानी रहेको सोपान फर्मास्युटिकल्स लिमिटेडले ६ औषधि सार्वजनिक गरेको छ। सोपान फर्मास्युटिकल्सले अत्याधुनिक प्रविधिको माध्यमबाट गुणस्तरीय औषधिहरुको उत्पादन नेपाली बजारमा ल्याएको छ। सोहीअनुसार सोपानले माइजिथ, मन्ट्रिन, एलर्ज, सिप्राइट, अनमिट र एनियुर सार्वजनिक गरेको हो। माइजिथ व्याक्टेरियल इन्फेक्सनका लागि हो भने मन्ट्रिनले दम र एलर्जीका लागि काम गर्छ। त्यस्तै एलर्जले एलर्जी, […]
काठमाडौं । सोपान फर्मास्यूटिकल्सले ६ प्रकारका औषधि बजारमा ल्याएको छ । कम्पनीले मोन्ट्रीन (Montrin), माइजिथ(Myzith), अनमिट ( Onmit ), अलर्ज ( Alerz ), साइप्रिट( Cyprite ) र एन्यूर ( Aneur ) नामका औषधि बजारमा ल्याएको हो । मेरियट होटलमा बिहीबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुनको प्रमुख आतिथ्यमा कम्पनीले आफ्नो उत्पादन सार्वजनिक गरेको हो । […]
सोपान फर्मास्यूटिकल्स लिमिटेडले औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको छ । कम्पनीले आज एक औपचारिक कार्यक्रम गर्दै औषधि सार्वजनिक गर्नुको साथै अत्याधुनिक प्रविधिको माध्यमबाट विभिन्न किसिमका गुणस्तरिय औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको घोषणा गरेको गरेको हो ।कम्पनीले हाल Alerz, Anuer, Cyprite, Montrin, Myzith र Onmit नामका औषधिको बजारीकरण सुरु गरेको हो । कोभिड–१९ महामारीको समयमा सोपान फर्मास्युटिकल्स लिमिटेडले अत्यावश्यक अक्सिजन उत्पादन गरी विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सर्वसुलभ रुपमा उपलब्ध गराई नेपाली जनताको स्वस्थ्यमा प्रत्यक्ष सहयोग पु¥याएको कम्पनीले जनाएको छ । कम्पनीले कोभिड–१९ महामारीको दोस्रो लहरमा देशभरी सहज रुपमा ढुवानी गर्न सकिने पोर्टेबल र अकस्मात पर्दा प्रयोग गर्न सकिने अक्सिनज क्यानको उत्पादन तथा बजारिकरण गरी नेपाली जनताको स्वास्थ्य सेवामा अनुकरणीय योगदान गरेको पनि उल्लेख गरेको छ । सोपान मल्टिपल कम्पनी एउटा इन्भेस्टमेन्ट कम्पनी हो । यस कम्पनीले शिक्षा, स्वास्थ्य र उर्जा क्षेत्रमा विगत तेह्र वर्ष देखि लगानी गर्दै आइरहेकोमा हाल औषधि क्षेत्रमा लगानी गर्ने क्रममा सोपान फर्मास्यूटिकल्स लिमिटेड मार्फत एक सय २७ करोड लगानी गरेको हो । कम्पनीको वार्षिक उत्पादन क्षमता ९० करोड ट्याब्लेट, ७ करोड क्याप्सुल्स, ३ लाख लिटर लिक्विड, २० लाख बोतल ड्राई पाउडर, र ३० लाख ट्युब ओईन्टमेन्ट रहेको छ । कम्पनीले विश्व स्वास्थ्य संगठनले तोकेको GMP Guidelines लाई अक्षरस पालना गर्दै अत्याधुनिक HPLC System, Clean Room System तथा Water Purification System को व्यवस्था गरिएको जनाएको छ। साथै औषधिहरुको गुणस्तरीयता परिक्षण गर्नको लागि आबश्यक पर्ने HPLC उपकरण तथा अन्य आवश्यक उपकरणहरु जडान गरिएको कम्पनीले उल्लेख गरेको छ। साथै औषधिको Trial Batch तथा Stability Test गर्नको लागी अत्याधुनिक किसिमका Research and Development (R&D) तथा Microbiology Lab स्थापना गरि संचालन गरिएको र कारखानाबाट निस्कने औषधिजन्य फोहोरहरुलाई सुद्धिकरण गर्नको लागी Effluent Treatment Plant (ETP) जडान गरी औषधिजन्य फोहोर व्यवस्थापन गरिएको कम्पनीले उल्लेख गरेको छ।
अमिताभ बच्चनले दिल्लीमा आफू हुर्केको घर २३ करोड भारतीय रुपैयाँमा बेचेका छन्। दिल्लीको दक्षिण भेगमा रहेको गुलमोहर पार्कमा बनेको उक्त घरको नाम ‘सोपान’ रहेको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार यो घर निजोन ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत अभ्नी बदेरले खरिद गरेका हुन्। बदेर र बच्चन परिवारको पारिवारिक सम्बन्ध रहेको छ। बदेरले यो पुरानो संरचनालाई मर्मत […]
आगामी निर्वाचनमा मतदाताले आफैं ६० वर्ष मुनिका सक्रिय व्यक्तिलाई मात्र मतदान गर्ने परिपाटी बसाउने हो भने यसले हाम्रो लोकतन्त्रलाई सकारात्मक प्रभाव पार्न सक्ने अवस्था आउँछ। अतः दलहरूलाई युवा नेतृत्व र निर्वाचनमा पनि युवा उम्मेदवार उठाउन बाध्य पार्नु अहिलेको...
श्री बिआईटी उद्योगले ललितपुरस्थित सोपान फर्मास्यूटिकल लिमिटेडले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरेको र त्यसले उत्पादित खाद्यवस्तु बिगारेको भन्दै कारबाहीको माग गरेको छ ।श्री बिआईटी उद्योगले नाइट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरी आफूहरुले उत्पादन गरेको करोडौं रुपैैयाँ मूल्य बराबरको एनडिएच ब्राण्ड आलु चिप्स र क्रन्जी ड्यामेज भएको आरोप लगाउँदै सो ग्याँस उद्योगमाथि तत्काल […]