अर्घाखाँचीका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन

अर्घाखाँची – श्वासप्रश्वास प्रकृयामा अक्सिजनको कमीले हुने जोखिम नियन्त्रण गर्न अर्घाखाँचीका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको छ।  कोभिड तथा श्वासप्रश्वासमा अक्सिजनको कमीले  हुने रोगहरुको नियन्त्रण गर्न नेपाली कांग्रेसका नेता डाक्टर जयबहादुर टण्डन र डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची दिगो विकास केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो।  सन्धिखर्क नगरपालिकाको अर्घा स्वास्थ्य चौकी,  मालारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकी, भूमिकास्थान नगरपालिकाको खिल्जी स्वास्...

सम्बन्धित सामग्री

अर्घाखाँची अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

अर्घाखाँची – अर्घाखाँची दिगो विकास केन्द्रले अर्घाखाँची अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । डा.जयबहादुर टण्डन र डा.मुक्ति श्रेष्ठको पहलमा केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो । जिल्ला अस्पतालमा एक कार्यक्रमबीच पिपिई सेट, मास्क, आइग्लास, स्यानिटाइजर, फेसशिल्ड, गगल्स, ओटीगनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा डा.टण्डन, डा.श्रेष्ठ, कांग्रेस जिल्ला सभापति […]

पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

बलेवा । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहयोगमा बडिगाड गाउँपालिकाभित्रका पाँच स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ । एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरको समन्वयमा प्राप्त ती अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो । वडा नं १ को दगातुनडाँडा स्वास्थ्य चौकी, वडा नं ३ को शिसाखानी […]

पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरको समन्वयमा प्राप्त ती अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो।

कुँवरको पहलमा बडिगाडका पाँच स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

बागलुङको बडिगाड गाउँपालिकाका ५ वटा स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर मेसिन सोमवार हस्तान्तरण गरिएको छ ।

चितवन, मकवानपुर, नवलपुरका स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

११ असार, चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले कोरोना संक्रमित बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन, नवलपुर र मकवानपुरका विभिन्न स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सहयोग गरेको छ । एक्सपर्ट फाउण्डेशनमार्फत चितवन शाखालाई प्राप्त ७ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन चितवन जिल्लाका दुई अस्पताल, मकवानपुरका २ स्वास्थ्य चौकी र नवलपरासी पूर्वका एक अस्पताललाई […]

कर्णालीका विभिन्न स्वास्थ्य संस्थालाई प्रवासीको अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

सुर्खेत (अस) । कर्णाली प्रदेश समाज दक्षिण कोरिया र जापानले प्रदेश सरकारलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेका छन् । सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई कर्णाली प्रदेश समाज दक्षिण कोरियाका सल्लाहकार लक्ष्मीप्रसाद बस्नेत र जापानका सल्लाहकार प्रेम रावलले सात थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे । कार्यक्रममा सामाजिक विकासमन्त्री बुढाक्षेत्रीले कोरोना संकटका बेला रोजगारीका लागि विदेश रहेका नेपालीले गरेको सहयोग महत्वपूर्ण हुने बताए । ‘रोजगारीका लागि कोरिया र जापानमा रहेका नेपालीले आफ्नो छाक काटेर कोरोना संकटमा गरेको सहयोगले महामारी नियन्त्रणमा सघाउ पुग्नेछ ।’ कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रकाश बस्नेतले कोरिया र जापानमा रहेका नेपालीले संकलन गरेको रकमबाट सात थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको जानकारी दिए । ‘कोरोनाका कारण अक्सिजन नपाएर आफन्तले दुःख पाएको हेरेर बस्न सकेनौं,’ अध्यक्ष बस्नेतले भने, ‘छाक कटाएर जम्मा गरेको केही रकमबाट अक्सिजन कन्सन्ट्रेटर मेसिन खरिद गरेर पठाएका हौं ।’ कर्णाली प्रदेश समाज दक्षिण कोरिया र जापानबाट सात थान १० लिटरका अक्सिजन कन्सन्ट्रेटर मेसिन कर्णाली प्रदेश अस्पतालसहित पाँच जिल्लालाई वितरण गरिएको हो । कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले कर्णाली प्रदेश अस्पतालमा दुई, चौरजहारी मिसन अस्पताल, जाजरकोट जिल्ला अस्पताल, दैलेख जिल्ला अस्पताल, कालीकोटको रासकोट अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक–एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको बताए ।

कास्कीमा चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

कास्की (अस) । कास्कीमा चार वटै गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ । कोभिड–१९ संक्रमण बढेसँगै संक्रमितलाई स्थानीय स्तरमै अक्सिजन उपलब्ध गराउने उद्देश्यले कास्कीका चार वटै गाउँपालिकालाई सहयोगस्वरूप अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । काठमाडौंको वोधिसत्वा विहार र सामाजिक अभियन्ता शान्त शर्माको सहयोगमा कास्कीका  माछापुच्छ्रे रुपा, अन्नपूर्ण र मादी गाउँपालिकालाई ५–५ लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको पोखराका संयोजक एवं पत्रकार दीननाथ बरालले बताए । माछापुच्छ्रे गाउँपालिकाबाहेक तीन वटा गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरसहित अक्सिमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, एक कार्टुन, स्यानिटाइजर २० लिटर, ह्यान्डवास, ट्वाइलेट क्लिनर र फिनेल ५–५ लिटर, स्प्रे मेसिनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संयोजक बरालले जानकारी दिए । पछिल्लो समयमा कास्कीमा पनि अक्सिजन अभाव भएको अवस्थामा अक्सिजन कन्सन्टे«टरसहितको स्वास्थ्य सामग्री पाएपछि राहत महसुस भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर  गुरुङले बताए । कोरोना महामारीमा प्राप्त स्वास्थ्य सामग्री लक्षित वर्गमा प्रयोग गरिने रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाको भनाइ छ । यस्तै, सिर्जनशील अपांगता सरोकार समितिलाई औषधी सहयोग गरिएको छ । समितिलाई विभिन्न प्रकारका औषधी वितरण गरिएको संयोजक बरालले बताए । समितिका अध्यक्ष फडिन्द्रप्रसाद पौडेलले संस्थालाई औषधीसहित खाद्य सामग्री अत्यावश्यक भएको गुनासो गरे । यसअघि संस्थाले पोखरामा तीन वटा सामुदायिक अस्पताललाई जनही ५–५ वटा अक्सिजन कन्सन्टे«टरसहितको स्वास्थ्य सामग्री वितरण गरेको थियो ।