किरातीहरूले साकेला आन्दोलनका रूपमा सडकमै मनाउने

काठमाडौं : किरातजन्य संस्थाहरूले यस पटकको किरात चाड साकेला/उभौली आन्दोलनको रूपमा मनाउने जनाएको छ। किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले भोलि(शुक्रबार) आन्दोलन रूपमा नयाँ बानेश्वरमा उभौली/साकेला,यक्वा,तङ्नाम,श्याँदर पिदर,युच्याङ,चासुवा,भुम्या,भुमे  लगायत किरात चाड मनाउने बताए।उनका अनुसार  किरातीहरूको महान चाड उभौली, यक्वा तङनाम, स्यादर पिदार, भुमे सामा, भुम्या, तोशि लगायतका चाडहरूमा नाचिने साकेला सित्ली, च्याब्रुङ लगायतका नाच काठमाडौंमा नयाँ वानेश्वरदेखि माइतिघरमण्डलाको सड

सम्बन्धित सामग्री

विराटनगरमा जातीय कला प्रदर्शन गरेर उभौली मनाउने तयारी

विराटनगर : किरातहरुको महान पर्व उभौली पर्व विराटनरमा बसोबास गर्दै आइरहेका राई, लिम्बू र याक्खा जातिहरुले सडकमा मनाउने भएका छन्।सधैँ पर्व आ–आफ्नो आस्थाका कुल देवतालाई पूजाआराधना गर्दै साकेला र च्याब्रुङ नाचेर साकेला थानमा मनाउने गर्दै आइरहेको भए पनि यो पटक सडकमा कला प्रदर्शन गरेर मनाउने भएका हुन्।फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै सडक आन्दोलनमा रहेको पहिचान पक्षधरले यो पटक ‘सडकमै जुटौँ, सडकमै नाचौँ’मूल नाराका साथ उभौली मनाउने निर्णय गरेका हुन्। सोहीअनुसार किरात राई य

च्याब्रुङ नाचेर मनाइयो उभौली

किरात समुदायले महत्वका साथ मनाउने उभौली चाडलाई यस पटक विराटनगरका किराती समुदायले आन्दोलनका रूपमा सडकमै मनाएका छन्। कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेकाले यस पटक सडकमा च्याब्रुङ नाचेर सरकारलाई दबाब दिएका हुन्। सधैँ पर्व आ–आफ्नो आस्थाका कुलदेवतालाई पूजाआराधना गर्दै साकेला थानमा साकेला र च्याब्रुङ नाचेर पर्व मनाउने गरेका किरात समुदाय शुक्रबार साकेला थानको पूजा सकेर विराटनगरको रोडशेष चोकमा च्याब्रुङ र साकेला नाचे। यो चोकमा चैत ५ गते भएको पहिचान पक्षधरको आन्दोलनमा घाइते हुनुभएका पदम लिम्बू