बंगलादेशका तमिम इकवालले भैरहवाबाट ईपीएल खेल्ने

२६ भदौ, काठमाडौं । बंगलादेशका स्टार ब्याट्सम्यान तमिम इकवालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् । आगामी असोजमा टी-२० ईपीएलका लागि शरद भेषावकरको कप्तानीमा रहेको भैहरवाले बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमलाई अनुबन्ध गरेको शनिवार विज्ञप्तिमार्फत जानकारी दिएको छ । तमिम भैरहवाले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै […]

सम्बन्धित सामग्री

मलेसियाका मुनियाण्डीले भैरहवाबाट ईपीएल खेल्ने

३१ भदौ, काठमाडौं । मलेसियाका अलराउण्डर शर्भिन मुनियाण्डीले भैरहवा ग्लाडिएटर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । भैरहवाले बिहीबार विज्ञप्ति जारी गरेर २५ वर्षीय मुनियाण्डीलाई अनुबन्ध गरेको जनाएको छ । भैरहवाले मुनियाण्डीलाई चौथो विदेशीको खेलाडीको रुपमा भित्र्याएको हो । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाले यसअघि बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल,  श्रीलंकाका बलर धम्मिका […]

तमिम इकबालले भैरहवा ग्लाडियटर्सबाट खेल्ने

काठमाडौं : बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले भैरहवा ग्लाडियटर्सबाट बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। भैरहवा ग्लाडियटर्सले शनिबार विज्ञप्ति जारी गर्दै तेस्रो विदेशी खेलाडीको रुपमा बंगलादेशका ब्याट्सम्यान इकबाललाई टीममा भित्र्याएको जनाएको छ।यसअघि भैरहवाले विदेशी खेलाडीको रुपमा श्रीलंकका पूर्व कप्तान तथा ओपनर उपुल थरंगा र तीब्र गतिका बलर धाम्मिका प्रसादलाई अनुबन्ध गरिसकेको छ। ३२ वर्षीय बायाँ हाते ब्याट्सम्यान इकबाल बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान हुन्।

इकवालले भैरहवाबाट खेल्ने

बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकवालले भैरहवा ग्लाडियटर्सबाट बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । पछिल्लो दुई सिजनको उपविजेता भैरहवाबाट श्रीलंकाका पूर्वकप्तान उपुल थारंगा र धम्मिका प्रसादले पनि खेल्नेछन् ।

बंगलादेशका ब्याट्सम्यान इकबालले भैरहवा ग्लाडियटर्सबाट ईपीएल क्रिकेट खेल्ने

काठमाण्डाै – बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट खेल्ने भएका छन् । भैहरवा ग्लाडियटर्सले विज्ञप्ति निकालेर बंगलादेशका सफल ब्याट्स्म्यान इकवाललाई अनुबन्ध गरिएको जनाएको छ । भैरहवाले यसअघि श्रीलंकाका बलर धम्मिका प्रसाद र ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ । तमिम इकवाल भैरहवाका लागि तेस्रो विदेशी खेलाडी बनेका छन् । ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवी क्रिकेट मैदानमा हुँदैछ । ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने प्रतियोगितामा यसपटक ...