आगलागीबाट ध्वस्त भएकाे ताप्लेजुङकाे दाेभान बजारमा पुनर्निर्माणसँगै चहलपहल बढ्न थाल्याे

ताप्लेजुङ – आगलागीबाट ध्वस्त भएको ताप्लेजुङको दोभान बजारमा पुनर्निर्माणसँगै चहलपहल बढ्न थालेको छ । गएको फागुन १८ गते भएको आगलागीमा ५० घर जलेर नष्ट भएको बजार क्षेत्रमा घरको पुनर्निर्माण तथा पसल व्यवसाय सुरु हुन थालेसँगै चहलपहल पनि बढ्न थालेको हो । अहिले दुई दर्जन घरको पुनर्निर्माण भइसकेका छन् । अरु घर बन्ने क्रममा छन् ।   आगलागीमा क्षति बेहोर्नु भएका जयप्रसाद भट्टराईले अहिले घर बनाइसक्नु भएको छ । उहाँले पसल पनि सञ्चालनमा ल्याउनु भएको छ । यस्तै दोभान बजारका व्यापारी गुरु पौडेलले पनि व्यापार सुरु गर्नुभएको छ...