युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्किन अमेरिकी दूतावासको आग्रह

युक्रेनस्थित अमेरिकी राजदूतावासले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ । युक्रेनमा सुरक्षा अवस्था हिंसात्मक र अप्रत्याशित रहेको भन्दै अमेरिकी दूतावासले आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको हो ।