एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपालले आफूपक्षीय नेताहरुलाई चन्द्रागिरिको एक रिसोर्टमा राखेको प्रति व्यङ्ग्य गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई पनि चन्द्रागिरि जामजाम लाग्याथ्यो निम्तै दिएनन्। कस्ता हाँडीघोप्टे रेछन् बाक्लो दाल खादा पनि लुकेर खाने ? भो आफू त गहतकै झोल खाइन्छ।किड्नीलाई राम्रो गर्छ रे।’
निर्वाचन आयोयले नयाँ पार्टी बनाएका माधव नेपाललाई भदौ ९ मा बोलाएपछि नेपाल पक्षीय सांसद रिसोर्टमा बसेको बताइएको छ ।