सगरमाथा आरोहणका लागि सुनियोजित र व्यावसायिक अभियानको सुरुवात सन् १९२२ मा भएको थियो । अर्थात् आजभन्दा ठ्याक्कै एक सय वर्ष अगाडि । तर विश्वको यो सर्वोच्च शिखर आरोहणको पहिलो सफल अभियान पूरा हुन थप ३१ वर्ष लाग्यो ।तर, सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक एडमन्ड हिलारीले सगरमाथा आरोहण बारे विश्वलाई जसरी थाहा भयो त्यो कम रोमाञ्चक इतिहास होइन । सबैभन्दा अचम्मको कुरा के छ भने यति ठूलो खबरलाई पाँच दिनसम्म चरम गोप्य राखेर सारा विश्वबाट लुकाएर राखिएको थियो । ल