एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद : कात्तिक ९ गतेसम्म ३ लाख २० हजारभन्दा बढी कित्ताको लागि आवेदन

कात्तिक ९, काठमाडौं । बडादशैंकै बीचमा पनि विक्रीमा रहेको एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडको हकप्रद शेयर खरीदका लागि कात्तिक ९ गतेसम्म ५ हजार १११ जना हकवालाहरुले आवेदन दिएका छन् ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार ती हकवालाहरुबाट ३ लाख २० हजार ५७८ कित्ता शेयर खरीदको लागि आवेदन परेको हो ।  कम्पनीले असोज २५ गतेदेखि कात्तिक १४ गतेसम्मको लागि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । हाल सार्वजनिक निष्कासनमा आस्बा प्रणालीमार्फत आवेदनलाई अनिवार्य गरिएकाले मेरोशेयर मार्फत पनि यो हकप्रद शेयरमा सजिलै आवेदन गर्न सकिने व्यवस्था भएकाले चाडपर्वका बीच पनि कम्पनीले हकप्रद खुला गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री खुला गरेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असोज १ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् ।  यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै उक्त हकप्रदमा मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

सम्बन्धित सामग्री

चाडपर्वका बीचमा एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर विक्रीमा

असोज २७, काठमाडौं । बडादशैंको कारण सार्वजनिक विदा कायम रहे पनि एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडको हकप्रद शेयर भने सार्वजनिक निष्कासनमै रहेको छ ।  कम्पनीले असोज २५ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । हाल सार्वजनिक निष्कासनमा आस्बा प्रणालीमार्फत आवेदनलाई अनिवार्य गरिएकाले मेरो शेयरमार्फत पनि यो हकप्रद शेयरमा सजिलै आवेदन गर्न सकिने व्यवस्था भएकाले चाडपर्वका बीच पनि बैंकले हकप्रद खुला गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री खुला गरेको हो ।  यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असोज १ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य भएका छन् ।  यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले यो हकप्रद शेयर खरीदका लागि कात्तिक १४ गतेसम्मको मिति तोकेको छ । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।