आइपिएल अक्सन : साम कुरान सबैभन्दा महँगा खेलाडी

इण्डियन प्रिमियर लिग (आइपिएल) टीट्वेन्टी क्रिकेट २०२३ का लागि खेलाडीको अक्सन अहिले जारी छ। कोच्चीको एक होटलमा भइरहेको अक्सनमा साम कुरानले इतिहास रचेका छन्। इङ्ल्याण्डका कुरानलाई पञ्जाव किंग्सले साढे १८ करोड भारतीय रूपैयाँमा खरिद गरेको छ। योसँगै कुरान आपीएल इतिहासमा सर्वाधिक महंगोमा विक्री हुने खेलाडी भएका छन् ।  यसअघि गत संस्करणमा दक्षिण अफ्रिकाका क्रिस मोरिस सबैभन्दा महँगो १६ करोड २५ लाखमा बिकेका थिए।अष्ट्रेलियाका क्यामरन ग्रीनलाई मुम्बई इण्डियन्सले साढे १७ कर