सप्तकोसी नगरपालिकामा फौजी किराको प्रकोप, मकैको बिरुवा नष्ट गर्न थालेपछि किसान चिन्तित

सप्तरी : सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ। जिल्लाको उत्तर-पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन्। किसानहरुका अनुसार दुई हप्तादेखि मकैका बोट तथा बिरुवाको पातमा फौजी किराले नष्ट गर्न थालेको हो। सप्तकोसी-१०…

सम्बन्धित सामग्री

मकैमा फौजी किराको प्रकोप

तेह्रथुम जिल्लाको ग्रामीण क्षेत्रमा फैजी किराले मकै खेती नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । अघिल्लो वर्षपनि फौजी किराको मारमा परेका किसानलाई यस वर्ष पनि सोही समस्याले सताएको छ यस वर्ष समयमै पानी परेकाले मकै राम्रो उत्पादन हुने आशा गरेपनि फौजी किराले बाली नष्ट गरेपछि निशास बनेको छथर गाउँपालिका ३ पञ्चकन्याका स्थानीय गीता थापा बताउँछिन् […]

खोटाङमा असिनासँगै फौजी कीराको प्रकोप

सिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् ।           फौजी किराले प्रमुख बालीका रूपमा लगाइएको मकैका बिरुवाको मुन्टा, गुभो, पात खाएर नष्ट गरेको छ । मकै उम्रिएर तीन÷चार पात पलाउँदादेखि गोडमेल गर्ने बेला भएको र गोडमेल गरिसकेको बिरुवालाई फौजी किराले नष्ट गर्दा उत्पादन घट्ने र खाद्यान्न सङ्कट निम्तिने डरले किसान चिन्तित भएका बताइएको छ ।           असिनापानीका कारण रावाबेँशी गाउँपालिकाको एउटै वडामा लाखौँ मूल्य बरारबको अन्नबालीमा क्षति पुगेको जनाइएको छ । यही वैशाख २ गते परेको असिनाले उक्त गाउँपालिकाको वडा नं ६ हौंचुरको पैयाँमा करीब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको रु २३ लाख बराबरको अन्नबाली नोक्सान गरेको जनाइएको छ । हौंचुरस्थित पैयाँका ३१ घरपरिवारले लगाएका आलु, मकै, गहुँ, जौ, तरकारी तथा फलफूलमा ठूलो क्षति पु¥याएको गाउँपालिकाको कृषि शाखाका संयोजक मुगाधन राईले बताउनुभयो । असिनाले पु¥याएको क्षतिका विषयमा जानकारी आएपछि गाउँपालिकाको कृषि प्राविधिक टोली स्थलगत अनुगमनमा पैयाँ पुगेको थियो ।