काँग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा

नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।  घोषित कार्यक्रमअनुसार काँग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव क

सम्बन्धित सामग्री

प्रचण्ड–नेपाल समूहले अर्को चरणको आन्दोलन घोषणा गर्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आज अर्को चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेन मार्फत अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेनको आयोजना गरिएको श्रेष्ठले बताए। गत पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछ

स्रष्टाहरूद्वारा आन्दोलनको  घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध साहित्यकार, रंगकर्मी, चलचित्रकर्मी र संस्कृतिकर्मीहरूले संयुक्त रूपमा सडक

काँग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा

काँग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा: RajdhaniDaily.com | काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा - काँग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा

कांग्रेस र जसपाको साथ खोज्दै प्रचण्ड–नेपाल समूह

प्रतिनिधिसभा विघटनविरुद्ध दलहरुले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेर पुनः आन्दोलनको गृहकार्यमा जुटेको छ । संसद् विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि आन्दोलनमा होमिएका छन् । प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसले केन्द्रदेखि वडा तहसम्म पुगेर विरोध प्रदर्शनको कार्यक्रम सम्पन्न गरिसकेका छन् । जसपाले पनि विरोधको कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रचण्ड–नेपाल समूहले स...

अखिल (छैठौं) को २२औँ राष्ट्रिय सम्मेलन जेठ २१ देखि कञ्चनपुरमा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को २२ औँ राष्ट्रिय सम्मेलन कञ्चनपुरको महेन्द्रनगरमा हुने भएको छ । अखिल (छैठौं) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी २०७८ जेठ २१,२२ र २३ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा २२औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको अध्यक्ष विमल पोखरेलले जानकारी दिनुभयो । अखिल (छैठौं) ले प्रतिनिधि सभा विघटनविरुद्ध देशब्यापी आन्दोलनको घोषणा पनि गरेको छ । त्यस क्रममा आउँदो माघ २ गते देशैभर मसाल जुलुश प्रदर्शन गरिनेछ । यस्तै, युनियनले संगठन निमाएणका लागि विभिन्न योजनाहरु समेत बनाएको छ । बैठकपछि अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्ति यस्तो छः ‘अखिल (छैठौं) केन्द्रीय समितिको सातौं पूर्ण बैठक २०७७ पुस २५ र २६ गते काठमाडौंमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो वक्तव्य जारी गरिएको छ । १. प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक र देशलाई अस्थिरतातर्फ धकेल्ने कदम भएको ठहर गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्ने निर्णय गरिएको छ । २. संसद विघटनको विरुद्ध २०७७ माघ २ गते देशभरका जिल्ला सदरमुकाम तथा स्थानीय तहमा मसाल जुलुस सम्पन्न गर्ने निर्णय गरिएको छ । मसाल जुलुसलाई सफल पार्न सम्पूर्ण विद्यार्थी तथा जनसमुदायलाई अपील गर्दछौं । ३. कक्षा १ र ११ को पाठ्यक्रमसम्बन्धी विवादका कारण लाखौं विद्यार्थीको पढाइ प्रभावित भएको छ । विद्यालयहरुमा नयाँ पाठ्यक्रमअनुसार पढाइ भइरहेको अवस्थामा पुरानो पाठ्यक्रमअनुसार पढाइ गर्न माग गर्दै शैक्षिकसत्रको मध्यतिर सर्वाेच्च अदालतमा मुद्दा हालिएको थियो । मुद्दाको कैयौंपटक लगातार पेशी सरेको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रमअनुसार पढाइ भइरहेको र कतिपय विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिइसकेको अवस्थामा सर्वाेच्चको अन्तरिम आदेशको कारण पढाइ रोकिंदा लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ । उक्त मुद्दाको छिटो टुङ्गो लगाउन अखिल (छैठौं)ले माग गर्दछ । ४. अखिल (छैठौं)को २२औं राष्ट्रिय सम्मेलन २०७८ जेठ २१, २२ र २३ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न गर्ने निर्णय गरिएको छ । सम्मेलन सफल पार्नको लागि विभिन्न समितिहरु गठन गरिएको ...

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक  सरिएको छ । यही पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक माघ ६ गतेका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।अबको बैठक माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने  शुक्रबार पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ । ५ पुसमा सरकारले लिएको प्रतिनिधिसभा विघटनको कदममाथि ७ पुसबाट काँग्रेसमा छलफल जारी छ । बैठकबाटै संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको काँग्