आफन्तको जन्मदिन मनाउन उर्लाबारी आएका वृद्ध मृत भेटिए

१२ असार, विराटनगर । झापाबाट आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारी आएका एक वृद्धको शव खेतमा भेटिएको छ । आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारीमा आएका झापाका ६६ वर्षीय नैनसिंह विकको शव आइतबार बिहान फेला परेको हो । उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका उनी आइतबार बिहान करिब साढे ५ बजे खेमबहादुरकाे घर नजिकैको […]