मनमोहक जुगल [फोटोफिचर]

हिउँले सेताम्मे ११ चुचुराको धनी जुगल हिमश्रृंखला । वरीपरी भव्य जंगल र पहाडकै काखमा ‘जुगल बेसक्याम्पमा ’ समथर मैदान नेपेमासाल हिउँले छपक्कै छ । यसबाहेक गुफा, पोखरी, रंगिन फूल, जडीबुटीले भरिभराउ जुगल हिमक्षेत्रमा बौद्ध ध्वजापतकाले झनै आकर्षक बनाएका छन् । हिउँद सकिनैलाग्दा पनि हिमपात नहुँदा जिल्लाको उच्च लेकाली भेग र सुन्दर हिमश्रृंखलाका डाँडाकाँडा उराठलाग्दा काला पहाड बनेका थिए ।