साउन ३१, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निर्मल कुमार कार्कीलाई नियुक्त गरेको छ ।
कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा कार्कीलाई नियुक्त गरेको हो ।
कार्कीलाई साउन ३१ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।