बचत फिर्ताकाे मागमा सहकारीपीडितले चाैथाे चरणकाे सडक आन्दाेलन गर्ने (भिडिओ)

काठमाडौं । सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दबाबमूलक बृहत्त सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो । महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोजिएको बताइएको छ । […]

सम्बन्धित सामग्री

माइतीघरमा देउराली सहकारीका बचतकर्ताकाे आन्दाेलन

काठमाण्डाै – ललितपुरकाे सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली सहकारीका बचतकर्ताले आन्दोलन गरिरहेका छन् । सहकारीमा गरेको बचत फिर्ता नपाएपछि उनीहरूले माइतीघर मण्डलामा आन्दोलन गरिरहेका हुन् । वडादेखि नगरपालिका, जिल्ला, प्रदेशका साथै सङ्घसम्म पुग्दा पनि समस्याको समाधान नभएपछि आन्दोलन गरिरहेको सहकारी पीडित विकासचन्द्र ढकालले बताउनुभयो । देउरालीले रकम फिर्ता पाउन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन आग्रह गरे पनि बचतकर्ताले गरेको फोनसमेत नउठाएको सहकारी पीडितको भनाइ छ । २०७९ असारदेखि समस्यामा परेको देउराली ...