वामदेव गौतमको नेतृत्वमा ‘नेकपा एकता राष्ट्रिय अभियान’ दल घोषणा, ७५ सदस्यीय केन्द्रीय कमिटी र ८ सदस्यीय हेडक्वार्टर गठन

काठमाडौं, १४ असार । वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नयाँ दल घोषणा गरिएको छ । नयाँ दलमा ७५ सदस्यीय केन्द्रीय कमिटी बनाईएको जनाईएको छ । त्यस्तै, स्थायी कमिटी भने १५ जनाभन्दा नबढ्नेगरि बनाईने जनाईएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर नवगठित पार्टीको घोषणा गरिएको हो । […]

सम्बन्धित सामग्री

वामदेवको पार्टीमा ८ जनाको सचिवालय रहने

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीको सचिवालयमा ८ जना रहने घोषणा गरिएको छ।  मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गौतमले नयाँ पार्टीसहित सचिवालय गठनबारेको जानकारी दिएका हुन् । सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । यस्तै पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको छ भने दैनिक पार्टी सञ्चालनका लागि स्थायी कमिटी निर्माण हुनेछ । जसमा १५ जना नबढ्नेगरी सदस्यहरु हुने