काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामसहायप्रसाद यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आज सोमवार बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु यो संसद्को मुख्य काम भएको बताउनुभयो ।
‘गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिलाई संस्थागत र कार्यान्वयन गर्नु अहिलेको संसद्को मुख्य काम हो’, उहाँले भन्नुभयो, ‘सङ्घीयताको कार्यान्वयन गर्ने यसअघिक...