सामुदायिक पुस्तकालय सम्मेलनद्वारा घोषणापत्र जारी

सार्वजनिक तथा सामुदायिक पुस्तकालयको बागमती प्रदेश सम्मेलन सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय सङ्घको आयोजनामा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय लाजिम्पाटमा दुई दिनसम्म चलेको सो सम्मेलन शुक्रबार सम्पन्न भएको हो । सम्मेलनले सुजाता विष्टको अध्यक्षतामा सात सदस्यीय नेपाल सामुदायिक पुस्तकालय सङ्घको बागमती प्रदेशस्तरीय समिति तथा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राडा गोविन्दप्रसाद पोखरेल अध्यक्षतामा सात सदस्यीय सल्लाहकार समितिको गठन गर्दै १५ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।