कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । त्यहाँ भारतबाट भित्रिनेहरू लामबद्ध भएर कोरोना जाँच गर्दछन् । एन्टिजेन रिपोर्ट नेगेटिभ आएकाहरू हातमा छाप (कोरोना नेगेटिभ प्रमाणित) हानेर घर पठाइन्छ । तर पोजेटिभ देखिएकालाई त्यहीँ (छुट्टै) राखिन्छ । कोरोना पोजेटिभ देखिएकालाई भीमदत्त नगरपालिले सञ्चालन गरेको एम्बुलेन्समार्फत अस्पताल लगिन्छ । त्यहाँ होम आइसोलेशन र स्वास्थ्य सुरक्षाका मापदण्डबारे परामर्श गरेर घर पठाइन्छ । सङ्क्रमितहरू के मा गए ? कसरी गए ? स्वास्थ्य सुरक्षा मापदण्ड ...