गठबन्धनका कारण यस पटकको पालिका चुनावको सुरुमा भरतपुर चर्चाको केन्द्रमा थियो । तर, मतपरिणाम आउन थालेपछि भने काठमाण्डौ सर्वाधिक चर्चाको केन्द्रमा रह्यो । काठमाण्डौ महानगरका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत कति आयो, जित हुन्छ कि हुँदैन भन्नेमा सर्वाधिक चासो देखियो ।
काठमाण्डौ महानगरको मतगणना सम्पन्न भएर नतिजा आउन दुई हप्ता लाग्यो । नतिजाले काठमाण्डौ महानगरको मेयरको जिम्मेवारी बालेन्द्र साहलाई दिएको छ । यस अघि कुनै राजनीतिक पार्टी तथा क्रियाकलापमा आबद्ध नभएका तथा यहाँको मूल नेवार समुदायभन्दा बाहिरको व्य...