एनआईसी एशिया लघुवित्तको १५ प्रतिशत लाभांश पुस ६ गते पारित हुने !

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गोर्खा होटल, धरान, सुनसरीमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।  कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १४ दशमलव ७५ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको थियो । त्यसअघिको वर्ष भने कम्पनीले करसमेत ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  यी प्रस्तावसँगै संस्थापक समूहबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने प्रस्ताव गर्दै कम्पनीले उक्त कार्यका लागि सभामार्फत सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङ्सिर २४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा शुक्रवार सुनसरीको धरानमा सम्पन्न भएको छ । सभाले विभिन्न एजेन्डासहित संस्थाको सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको बताइएको छ । सभाले संस्थाका शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट मनोनीत भई प्रतिनिधित्व गरेका दिपक ढकाललाई सञ्चालक पदमा निर्वाचित गरेको छ ।

एनआईसी एशिया लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजारको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्त स्थापना […]

एनआईसी एशिया बैंकको ३०.५२ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं– एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश स्वीकृत गरेको छ । बैंकको २६औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफा तथा सञ्चित मुनाफाबाट २९ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांशसमेत गरी ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । सभाले २९ प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको […]

लाभांश पारित गर्न एनआईसी एशिया बैंकले बोलायो साधारणसभा

५ साउन, काठमाडौं । एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश पािरत गर्न साधारणसभा बोलाएको छ । बैंकले २८ असोजमा आर्मी अफिसर्स क्लब भद्रकालीमा २६ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । बैंकले साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर […]

एनआईसी एशिया क्यापिटलको लाभांश पारित

एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।सभाले इकाईधनीलाई चुक्ता पुँजीको ५५ प्रतिशत (करसहित) का दरले हुने ११ करोड नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । यस्तै सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण पारित गरेको छ […]

एनआईसी एशिया क्यापिटलद्वारा ५५ प्रतिशत लाभांश प्रस्ताव, साधारणसभा आह्वान

एनआईसी एशिया क्यापिटलले छैठौं वार्षिक साधारण सभा आव्हान गरेको छ। क्यापिटलको साउन १५ गते बसेको संचालक समितिको बैठकले भाद्र ८ गते सभा गर्ने निर्णय गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  गरेको छ ।उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ११,००,००,००० (अक्षरेपी एघार करोड मात्र) नगद लाभांश वितरण गर्न प्रस्ताव सभामा  पेश हुने क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया लघुवित्तको साधारण सभा आज, कति प्रतिशत लाभांश प्रस्ताव ?

काठमाडौं, ५ मंसिर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुँदैछ । संस्थाको सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने भएको हो । कम्पनीको आज बस्ने सभाले कम्पनीले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफा वितरण गर्ने ५ दशमलव ४१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ । सभाले संस्थापक समूहबाट […]

एनआईसी एशिया बैंकद्वारा १५.७८% लाभांश प्रस्ताव

कात्तिक ८, काठमाडौं । एनआईसी एशिया बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

४८ प्रतिशत नगद लाभांश पारित गर्दै एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न

काठमाडौं, १३ भदौ । एन आई सी एशिया क्यापिटलकोे भदौ १३ गते आइतबार सम्पन्न भएको ५औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ । संस्थाले चुक्ता पुँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख रुपैंया नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ […]

४८ % नगद लाभांश पारित गर्न एनआईसी एशिया क्यापिटलले बोलायो साधारण सभा

भदौ ११, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको साधारण सभा आइतवार हुने भएको छ । कम्पनीले सभा आइतवार बिहान ९ बजे क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा हुने जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्तापूँजीको ४८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।