कानुन मिची चिकित्सकको शुल्क बढाइएको खुलासा

काठमाडौं : जेठ १ गतेदेखि लागू हुने गरी बढाइएको चिकित्सकहरूको बहिरंग शुल्क तोक्ने निर्णयमा स्वास्थ्य सचिवको अधिकार खोसेर नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्षलाई दिएको खुलासा भएको छ।स्वास्थ्य तथा जनसंख्यामन्त्री नभएको मौका छोपी कानुनविपरीत चिकित्सक र निजी अस्पतालहरूको संस्था (अफिन)ले परामर्श शुल्क बढाउने निर्णय गरेसँगै विरोध शुरु हुन थालेको हो।बहिरंग शुल्क वृद्धिलगायतका विषयमा बहस भइरहेका वेला तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सचिवको अधिकार खोसेर नेपाल चिकि