बन्द प्रशिक्षणमा ३० खेलाडी : कारबाहीमा परेका चार जना पनि समावेश

काठमाडौं : ओमानमा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट छनोट समितिले ३० खेलाडी बन्द प्रशिक्षणका लागि बोलाएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँगको परामर्श छनोट समितिले प्रारम्भिक ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको जनाएको छ।नेपालले आगामी फेब्रुअरी १५ मा आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेल्दै छ। समूह ‘ए’मा रहेको नेपालले ओमानमा आयोजकसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलि