पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गृह जिल्ला गोरखाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधवार कार्यालय प्रमुखहरूलाई भेटेर नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन्।‘एउटै कामका लागि सर्वसाधारण पटक–पटक आउनुपर्ने, कार्यालय धाउनुपर्ने बाध्यता हामीले हटाउनुपर्छ’, उनले भने, ‘बरु सेवा छिटो र सहज बनाउन टाइम कार्ड लागू गर्नुहोस