२२ असार, काठमाडौं । असार तेस्रो सातासम्म आइपुग्दा देशभर कुल २६.७१ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १४ प्रतिशत हाराहारीले कम हो । यस वर्ष २१ असारसम्म ३ लाख ६२ हजार ६२५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ […]