निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहलाई हाम्रो नेपाली पार्टीसंगको आबद्धताका विषयमा स्पष्टीकरण सोधेको छ । आयोगले सो पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेनको समर्थन रहेको भनी गरेको प्रचार प्रसारबारे स्पष्टीकरण सोधेको हो । मेयर बालेनलाई पठाएको स्पष्टीकरण पत्रमा आयोगले भनेको छ, ‘हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी …