प्रदेश १ को नामकरणको विषयमा सहमति जुटाउन बसेको सर्वदलीय बैठक यसअघिको बैठक भन्दा ‘फितलो’ भएको सहभागीले बताएका छन् । सरकारका तर्फबाट यसअघि मुख्यमन्त्री राजेन्द्रकुमार राईले सर्वदलीय बैठक बोलाएकामा शुक्रबार भने सभामुख प्रदीप कुमार भण्डारीले बोलाएका हुन् । मुख्यमन्त्रीले बोलाएको बैठकमा नेताहरुबीच चर्काचर्की भएको थियो । तर, सभामुखले बोलाएको बैठकमा फितलो संवाद भएको सहभागी एक नेताले बताए । ‘यो बैठक अस्तिको जति प्रभावकारी पनि भएन, नेताहरुबाट नामबारे ठोस कुरा आएन,’ ती नेताले