काठमाडौं : लकडाउनमा काठमाडौं महानगरले सडकका कुकुर, छाडा चौपाया, बाँदर र अन्य चराचुरुङ्गीहरूलाई आहाराको व्यवस्था गर्दै आएको छ। शनिबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोली स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रमा पुगी आहारा दिएको हो। आहाराअन्तर्गत चना, केरा, पाउरोटी बिस्कुट तथा गेडागुडी लगायतका खाने...