काठमाडौं, २५ पुस । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम उपत्यकामा सञ्चालन भइरहेको छ । गत शुक्रबारदेखि भक्तपुरमा मोर्डना खोप दिन सुरु गरिएको छ भने काठमाडौं र ललितपुरमा मंगलबारदेखि फाइजर खोप दिइने स्वास्थ्य विभागले जनाएको छ । भक्तपुरमा पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेको छन् । […]