काठमाडौं : युक्रेनमा रुसले आक्रमण गर्न सक्ने सूचनाका आधारमा अमेरिकाले आफ्नो सेना तयारी अवस्थामा राखेको छ। पेन्टागनले युक्रेनको सीमामा तनाव बढ्न सक्ने भन्दै साढे ८ हजार सैनिक तयारी अवस्थामा राखेको जनाएको छ। यी सैनिक परिचालन कहिले गर्ने भन्नेबारे भने अमेरिकाले स्पष्ट पारेको छैन। पेन्टागनका प्रेस सचिव जोन किर्बीका अनुसार ¥यापिड–रिएक्सन फोर्सलाई सक्रिय बनाउनेबारे नेटोले निर्णय गरेपछि मात्रै सैनिक परिचालन हुनेछ। अमेरिकाले केही महिनादेखि रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको