मुम्बई क्रुज ड्रग्स पार्टीमा सामेल हुनेहरूमाथि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अहिले पनि अनुसन्धान जारी राखेको छ ।
अहिले पनि सम्बन्धित व्यक्तिहरूमाथि एनसीबीले पटकपटक सोधपुछ गरिरहेको छ ।
एनसीबीले हालसालै जेलमुक्त भएका आर्यन खानलाई पनि आइतवार पुनः सोधपुछका लागि बोलाएको थियो ।
यस्तै सोमवार नै घटनाका प्रत्यक्षदर्शी प्रभाकर सैलसँग उसले सोधपुछ गरेको थियो ।
प्रभाकरले बयानका क्रममा जोनर डाइरेक्टर समीर वानखेडे पनि सो पार्टीमा सहभागी भएको बताएका छन् ।
प्रभाकरका वकिल तुषार खंडारेक...