सञ्चारमन्त्रीको क्षेत्रमा मतगणना स्थगित, सत्ताको दुरुपयोग हुन थालेको एमालेको आरोप

इटहरी । सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा असन्तुष्टि जनाउँदै पुनः गणनाको माग गरेपछि सुनसरी ४ को मतगणना प्रभावित भएको छ । कार्की एमालेका जगदीश कुसियतभन्दा पछि पर्न थालेपछि विवाद भएको थियो । कांग्रेसले अहिलेसम्म गणना भएका सबै करिब ८० हजार मत पुनः गन्नुपर्ने माग राखेको छ भने एमालेले मानेको छैन । […]