काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीमा ८ जना थपिएका छन्। बुधबारको महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टी एकता हुँदा एमालेबाट थपिएका रघुवीर महाशेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त स्थायी समिति सदस्य थप भएका हुन्। यस्तै माओवादी परित्याग गरी एमालेमा आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा पनि स्थायी कमिटी सदस्य बनेका छन्।