वर्ष दिनमा १० लाख १४ हजार पर्यटक

काठमाडौं ।  सन् २०१९ पछि पहिलोपटक मुलुकमा आउने पर्यटकको संख्या १० लाख नाघेको छ । कोरोना संक्रमणका वर्षहरूमा स्वात्तै घटेको पर्यटक आगमन पुरानै अवस्थामा फर्किएको छ ।  सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल आएकोमा सन् २०२३ मा १० लाख १४ हजार ८७६ जना आएका छन् । सन् २०१९ मा नेपालमा हालसम्मकै धेरै पर्यटक आएका थिए । उक्त वर्ष पर्यटक आगमन ११ लाख ९७ हजार १९१ पुगेको थियो । सन् २०१८ मा पनि ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका थिए । कोरोना संक्रमणका कारण त्यसयताका वर्षमा पर्यटक आगमन घटेको थियो ।  कोरोनाको जोखिम टरेको र पर्यटन सिजन अक्टोबर र नोभेम्बरमा आगमन संख्या लाखभन्दा माथि पुगेसँगै सरकारी लक्ष्य प्राप्त भएको हो । सन् २०२३ मा पर्यटक आगमन लक्ष्य प्राप्त भएपछि सरकारले सन् २०२४ मा यसलाई दोब्बर बताउने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पर्यटक आगमन दोब्बर पुर्‍याउने बताउनुभएको थियो ।  घोषणा गर्ने, काम नगर्ने सरकारी शैलीबाट पर्यटन व्यवसायी भने निराश छन् । पर्यटक आगमनको सरकारी लक्ष्य प्राप्त हुनु सकारात्मक भए पनि सन्तुष्ट हुने अवस्था नभएको व्यवसायीले बताए । ‘यतिबेला ३५ लाख ग्राहक (आन्तरिक र बाह्य पर्यटक) लाई सेवा दिने अवस्थामा होटेल उद्योग छ । त्यस हिसाबले २०२३ मा क्षमताको एक तिहाइ मात्रै पर्यटक आए,’ होटेल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले भने, ‘पर्यटक आगमन थप बढाउन सक्ने प्रशस्त आधार छन् ।’  उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सन् २०२३ मा १० लाख पर्यटक ल्याउँदा अब गौतम बुद्धबाट १० लाख र पोखरा विमानस्थलबाट ७/८ लाख पर्यटक नेपाल ल्याउन सके ३० लाखको लक्ष्य सजिलै प्राप्त हुने र २०२४ मा २० लाख पर्यटक ल्याउने प्रधानमन्त्रीको घोषणालाई वास्तविकतामा परिणत गर्न सकिने उनको भनाइ छ ।  काठमाडौंको विमानस्थलजस्तै पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट चीन र भारतका प्रमुख शहर जोड्ने उडान शुरू गर्ने, सडक विस्तारलाई तीव्रता दिएर सम्पन्न गर्ने र आन्तरिक गृहकार्यलाई बढी जोड दिएमा पर्यटक आगमन बढाउन सकिने उनले बताए । सरकारले २०२३–२०३२ लाई ‘नेपाल पर्यटन दशक’ घोषणा गरेको छ । तर, त्यसमा अहिलेसम्म कुनै काम नभएको शाहले बताए । ‘आजको सुखद अवस्था छ, निजीक्षेत्रको बलबुतामा सहज अवस्था आयो पनि,’ उनले प्रश्न गरे, ‘यसको कार्यान्वयनका लागि राष्ट्रिय संयोजन खै ? तीन तहको सरकारको भूमिका र राष्ट्रिय नीति खै त ?’   २०२४ मा दोब्बर बनाउने सरकारी तयारी  तर सरकारको घोषणा र काम गर्ने तरीका फरक–फरक  गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालन भए लक्ष्य प्राप्त हुने सरकारले घोषणा गर्ने सरकार आफै, स्थानीय सरकार र निजीक्षेत्रको भूमिका एवं जिम्मेवारीका विषयमा कुनै योजना नबनाउने व्यवसायीको गुनासो छ । पर्यटन व्यवसायीमा आत्मविश्वास भए पनि सरकारले नसघाएको उनीहरूको भनाइ छ ।  ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का पूर्वमहासचिव सरिता लामाले कोरोना कालको तुलनामा सन् २०२३ को पर्यटक आगमन सुधारोन्मुख भए पनि पहिलाको जस्तो उत्साह नभएको बताइन् । सरकारले दोब्बर बनाउने लक्ष्य राखे पनि कुनै तयारी नगरेको उनको भनाइ छ ।  नेपालको राष्ट्रिय ध्वजावाहक जहाज अस्ट्रेलिया, यूरोपलगायत गन्तव्यमा जान नसकेको र तयार भएका अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन नभएको अवस्थामा पर्यटक आगमन दोब्बर बनाउने नारामा विश्वास नलागेको लामाले बताइन् । तर, सरकार र निजीक्षेत्र मिलेर यूरोप, अमेरिकालगायत देशमा सिधा उडान, सोही किसिमका प्याकेज निर्माण र विश्वमा हुने ठूला पर्यटन मेलामा प्रचारप्रसार गरे सम्भव हुने उनको भनाइ छ ।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले यो वर्ष लक्ष्य प्राप्त भएको र आगामी वर्ष २० लाख पर्यटक ल्याउने बताए । पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन भएमा लक्ष्य प्राप्त हुन सक्ने उनले बताए । उक्त लक्ष्य प्राप्तिका लागि गृहकार्य गरिरहेको भन्दै लामिछानेले थपे, ‘पहिलाकै जस्तै प्रचारप्रसारका कार्यक्रमहरू नै गर्ने र यसलाई तीव्रता दिइनेछ ।’

सम्बन्धित सामग्री

१० लाख पर्यटक आए, २ लाख नेपाली घुम्न गए विदेश

काठमाडौं : करिब दुई लाख नेपाली घुम्नका लागि विदेश पुगेका छन्। अध्यागमन विभागले दिएको जानकारी अनुसार नेपालीहरू पर्यटन भिषामा विश्वका १ सय ५६ देश पुग्ने गरेका छन्।तथ्यांक अनुसार यो वर्ष मात्र २ लाख ४ हजार ५ सय १८ जना विदेश घुम्न पुगेका हुन्। भारतदेखि भेनुजुयलासम्म नेपाली पर्यटन भिषामा पुगेका हुन्।सबैभन्दा बढी भारत, सबैभन्दा कम भेनेजुयलातथ्यांक अनुसार यो वर्ष ७१ हजार ६ सय ९८ जना नेपाली भारत भ्रमणमा पुगेका छन्।  जसमा २७ हजार ४ सय ३० महिला, ४४ हजार ३ सय ५७ जना पुरुष रहेका छन्। अन्यको संख्या ११ ज

लुम्बिनीमा १० लाख पर्यटक

कोभिड महामारीले थलिएको लुम्बिनीमा सन् २०२३ मा आन्तरिक र बाह्य गरी नौ लाख ९८ हजार पर्यटकले भ्रमण गरेका छन्।...

एक वर्षमा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । आइतबारदेखि बिदा भएको अंग्रेजी नयाँ वर्ष सन् २०२३ को एक वर्षको अवधिमा झन्डै १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका छन् । सोही कारण विदेशी पर्यटक आगमनका दृष्टिले सन् २०२३ नेपालका लागि एकदमै उत्साहजनक बन्यो । सन् २०२३ को डिसेम्बर महिनामा मात्र ९६ हजार ५६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल […] The post एक वर्षमा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्यटक आगमन १० लाख १५ हजार, भारतीय र अमेरिकीको आगमन उत्साहजनक

सन् २०२३ मा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या सन् २०२२ को तुलनामा ४ लाख ७२८ जना बढी हो ।

१० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा

सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य बुधबार पूरा भएको छ । १ जनवरीदेखि बुधबार राति ९ बजेसम्म १० लाख एक हजार ८४४ विदेशी पर्यटक भित्रिए । सन् २०२२...

पर्यटक बढाऊ

अहिलेसम्मको पर्यटक आगमन दरलाई हेर्दा यो वर्ष सरकारले राखेको लक्ष्य पूरा हुने सम्भावना न्यून देखिएको छ । सरकारले यो वर्ष १० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य राखेको छ । सेप्टेम्बरसम्म ६ लाख ९२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । १० लाखको सरकारी लक्ष्य पूरा हुन बाँकी तीन महिनामा ३ लाख ८ हजार पर्यटक आउनुपर्ने […]

१० महिनामा १० लाख पर्यटक

काठमाडाैं । पछिल्लो १० महिनायता नेपालमा झण्डै १० लाख विदेशी पर्यटक नेपाल आएका छन् । अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार अक्टोबरमा मात्र ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका हुन् । सेप्टेम्बर महिनामा ५८ हजार ३ सय १४ पर्यटक भित्रिएका […]

अक्टोबरमा भित्रिए ८८ हजार ५८२ पर्यटक

१८ कात्तिक, काठमाडौं । पछिल्लो १० महिनामा नेपालमा झण्डै १० लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल आए । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल […]

अक्टोबरमा श्रीलङ्कामा ४२ हजार भन्दा बढी पर्यटक भित्रिए

एजेन्सी – श्रीलङ्कामा अक्टोबर महिनामा ४२ हजारभन्दा बढी पर्यटक प्रवेश गरेका छन् । योसँगै यस वर्ष हालसम्मको कूल पर्यटकको सङ्ख्या पाँच लाख ६८ हजार नाघेको देशको पर्यटन प्राधिकरणको तथ्याङ्कले मङ्गलबार सार्वजनिक गरेको छ । पर्यटनमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने दक्षिण एसियाली देश श्रीलङ्काले सन् २०२० सम्ममा कम्तीमा १० लाख पर्यटक भित्र्याउने अपेक्षा गरेको […]

प्रतिमहिना औसतमा ५० हजार पर्यटक नेपाल आउँदैछन् : मन्त्री प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा पछिल्ला महिनामा औसतमा ५० हजार हाराहारी पर्यटक आउन थालेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आलेले औसतमा ५० हजार पर्यटक नेपाल भित्रिरहेको बताए ।उनले विश्व कोरोना महामारीबाट मुक्त हुने क्रममा रहेकाले पर्यटकको आगमन पनि बढ्दो अवस्थामा रहेको बताए । यही यस्तै, आगामी महिनाहरूमा पर्यटकको संख्या झनै बढ्ने भएकाले सन् २०२२ मा १० लाख पर्यटक भित्रन सक्ने मन्त्री आलेको प्रक्षेपण छ । पछिल्लो समय नेपालले हिमाल आरोहण तथा पदयात्