काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डबीच भेटवार्ता भएको छ ।
शुक्रबार श्रम मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराउनुभयो ।
साथै आइएलओले नेपाली श्रमिक र श्रम क्षेत्रलाई व्यवस्थित बनाउन र सामाजिक सुरक्षा सम्बन्धी योजनाहरूमा गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिन आग्रहसमेत गर्नुभयो ।
भेटमा...