काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा उपलब्ध गराउन भाटभटेनी मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरे । सम्झौतापछि ग्राहकले विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानमा रकमान्तरका लागि बैंकका १०३ शाखामार्फत सेवा पाउन सक्नेछन् ।
बैकले हालसम्म २८ वटा रेमिट कम्पनीसँग सम्झौता गरेको छ । रेमिट्यान्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दती योजना सञ्चालनमा ल्याएको छ ।