शिक्षक मर्यादाक्रमको फाइल अघि बढेको छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको बताएका छन् । शनिबार गलकोट र बुर्तिबाङमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेशागत अन्तरक्रिया कार्यक्रममा उनले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको भन्दै त्यो सरकारको सम्पत्तिको रुपमा रहेको बताए । उनले शिक्षकको मर्यादाक्रमको फाइल अघि बढाएको बताउँदै गृहमन्त्रालयसँग समन्वय गरी चाँडै टुङ्ग्याइने जानकारी दिए । “शिक्षकको तलब सुविधा र मर्यादाक्रमको विषयमा पहल भइरहेको छ,&rdq