प्रदेशमा नयाँ सरकारलाई सुशासनको चुनौती

जनता समाजवादी पार्टी (जसपा) बाट मुख्यमन्त्री बनेका लालबाबु राउत नेतृत्वको प्रदेश सरकार कार्यकालभरि नै चर्चामा रह्यो । केन्द्र सरकारसँगको टसलका कारण चर्चामा रहेको राउतको ५ वर्षे कार्यकाल प्रदेश सरकारका योजनामा अनियमितताको आरोपका कारण विवादास्पद बनेको हो । त्यसैले नयाँ प्रदेश सरकारलाई सुशासनको चुनौती हुने विश्लेषकहरूले बताएका छन् ।